लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

कोशी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

विराटनगर । कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेकै बेला तराईका मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य बाँकी भू-भागमा भने मौसम आंशिक बदली रहनेछ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेकाले मौसममा यो फेरबदल आएको हो। हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।