लोड हुँदैछ...

मेनु

एभरेष्ट कलेजमा कक्षा ११ को प्रवेश परीक्षा ४ जेठमा, २१० विद्यार्थीले मात्रै अवसर पाउने

एभरेष्ट कलेजमा कक्षा ११ को प्रवेश परीक्षा ४ जेठमा, २१० विद्यार्थीले मात्रै अवसर पाउने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले आगामी जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा (इन्ट्रान्स) लिने भएको छ । एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले भर्ना प्रक्रिया अघि बढाएको हो ।

गुणस्तरीय शिक्षा र सीमित विद्यार्थीको अवधारणालाई आत्मसात् गर्दै आएको एभरेष्टले यस वर्ष विज्ञान र व्यवस्थापन संकायमा गरी कुल २ सय १० जना विद्यार्थीलाई मात्रै भर्ना गर्ने जनाएको छ । कलेजका अनुसार विज्ञान संकायमा १४० र व्यवस्थापनतर्फ ७० जनाको कोटा निर्धारण गरिएको छ ।

प्रभावकारी शिक्षणका लागि एउटा कक्षा कोठामा ३५ जनाभन्दा बढी विद्यार्थी नराख्ने नीति कलेजले लिएको छ । दुवै संकायका लागि जेठ ४ गते शनिबार बिहान ११ बजेदेखि प्रवेश परीक्षा सञ्चालन गरिने भाइस प्रिन्सिपल टीएन भण्डारीले जानकारी दिए ।

यस पटकको एसईई परीक्षामा पनि एभरेष्टले उत्कृष्ट नतिजा कायम गरेको छ । परीक्षामा सहभागी भएका १९३ जना विद्यार्थी नै उत्तीर्ण भई कलेजले शतप्रतिशत नतिजा ल्याएको छ । नतिजा अनुसार १७६ जनाले ३.६१ देखि ४.० जीपीए प्राप्त गरेका छन् भने १७ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् ।

विद्यार्थीहरूको सिकाइ र बुझाइमा समानता रहेकै कारण नतिजा सन्तुलित र उत्कृष्ट आएको प्रिन्सिपल टीकाराम पुरीले बताए । “हामी संख्याभन्दा गुणस्तरमा विश्वास गर्छौं, एभरेष्ट आफैँमा एउटा स्थापित ब्रान्ड हो,” प्रिन्सिपल पुरीले भने, “हाम्रा विद्यार्थीहरू २४ क्यारेट सुन जस्तै हुन्, जसलाई हामीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पारेका छौँ ।”
विराटनगरमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सकिन्छ भन्ने मान्यताका साथ एभरेष्टले बेलायतको एनसीसी कोर्ष समेत लागू गरेको छ । कलेजले भौतिक पूर्वाधारलाई पनि विश्वस्तरीय बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds