लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री संसद्मा अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीद्वारा बैठक बहिष्कार, विपक्षीद्वारा राजीनामा माग

प्रधानमन्त्री संसद्मा अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीद्वारा बैठक बहिष्कार, विपक्षीद्वारा राजीनामा माग

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएका हुन् । नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्नेमा उनको सट्टा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी दलहरू रुष्ट बनेका हुन् ।

बैठक बहिष्कार गर्दै बाहिरिने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाए । उनले भने, ूजनताको प्रतिनिधि संस्था संसद्मा प्रधानमन्त्री स्वयं आएर जवाफ दिनुपर्छ, अरूलाई अघि सारेर जिम्मेवारीबाट पन्छिन पाइँदैन ।ू

यसैबीच, विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित हुनु गैरजिम्मेवारपनको पराकाष्ठा भएको विपक्षीहरूको ठहर छ ।

आजको कार्यसूची अनुसार नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने थियो । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जवाफ दिन रोष्टममा उभिँदै गर्दा विपक्षी सांसदहरूले नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए । विपक्षीको अवरोध र बहिष्कारका कारण संसद् बैठक प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।