लोड हुँदैछ...

मेनु

कोशी प्रदेश : बजेट अघि सरकार फेर्ने काँग्रेसको कसरत

कोशी प्रदेश : बजेट अघि सरकार फेर्ने काँग्रेसको कसरत

विराटनगर । काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् ।

विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेको स्रोतको दाबी छ । तर, अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिसकेको बताइन्छ । दुई पार्टीबीचको गठबन्धनबाट हाल मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकार छन् ।

२०८१ पुस २७ गठित हिक्मतकुमार कार्की नेतृत्वको सरकार आलोपालो सरकारको नेतृत्व गर्ने गरी एमाले र काँग्रेसबीच भएको सहमति अनुसार १८ महिना पुग्न लाग्दा फेरबदलको चर्चा केही दिनयता जारी छ । यद्यपि सरकार फेरबदलको मिति भने अझै टुंगो लागेको छैन । नेपाली काँग्रेस बजेट (असार १) अगाडि नै सरकार बदल्न चाहन्छ । एमाले भने आलटाल गरिरहेको स्रोत बताउँछ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा हाल ९२ जना सांसद कायम छन् । राप्रपाका सांसद भक्तिप्रसाद सिटौलाले यसअघि राजीनामा दिएर झापाको निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका थिए । अब एमालेको उपसभामुखसहित ४०, काँग्रेसका २९, नेकपाको १७ र राप्रपाको सभामुखसहित ५ र जसपाको १ सांसद कायम छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।