लोड हुँदैछ...

मेनु

संसदमा बोल्दै प्रचण्ड : संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ

संसदमा बोल्दै प्रचण्ड : संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवमं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहीदहरूको बलिदानको उपज भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्दै उनले भने, ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन ग¥यौं।’

उनले थपे, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाईको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिए । ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,’ उनको भनाइ थियो। रुकुम पूर्वबाट निर्वाचित उनले जनताप्रति आभार व्यक्त गर्दै भने, ‘यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका र हामी सबैलाई विजय गराउनुहुने आम नेपाली जनताप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु।’

नयाँ सांसदहरूलाई बधाई दिँदै उनले भने, ‘जनताबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यहरुलाई हार्दिक बधाइ र शुभकामना छ।’ उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे र बलिदानलाई बिर्सेमा यो भवन नै ढल्ने चेतावनी दिए । ‘मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफैं ढल्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।