लोड हुँदैछ...

मेनु

एसईईमा चम्कियो मोर्डन एरा स्कुल : नितेशले ल्याए ४ जीपीए

एसईईमा चम्कियो मोर्डन एरा स्कुल : नितेशले ल्याए ४ जीपीए

विराटनगर । विराटनगरको उत्तरी भेगमा अवस्थित मोर्डन एरा स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । सोमबार सार्वजनिक नतिजाअनुसार विद्यालयका विद्यार्थी नितेश यादवले ४ जीपीए (४.० GPA) प्राप्त गर्दै विद्यालयको साख उच्च राखेका छन् ।

यस वर्षको परीक्षामा विद्यालयबाट कूल ७२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । विद्यालय प्रशासनका अनुसार नतिजा अत्यन्तै उत्साहजनक रहेको छ ।

जम्मा परीक्षार्थीमध्ये ४५ जना विद्यार्थीले ३.६० देखि ३.९२ जीपीए सम्म प्राप्त गरेका छन् भने २६ जना विद्यार्थीले ३.२० देखि ३.६० जीपीए ल्याउन सफल भएका छन् ।

विद्यालयको यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै प्रिन्सिपल इन्द्र कुमार राईले विद्यार्थीहरूको कडा परिश्रम र शिक्षकहरूको लगावका कारण विगतका वर्षहरूमा झैं यसपटक पनि नतिजा उत्कृष्ट आएको बताए । उनले भने, ‘सधैं झैं यस वर्ष पनि हाम्रा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर विद्यालयको गरिमा बढाएका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ ।’

उत्तरी विराटनगरकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित मोर्डन एरा स्कुलले शैक्षिक गुणस्तरमा सम्झौता नगरेकै कारण निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको विद्यालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।