लोड हुँदैछ...

मेनु

बुढानीलकण्ठका तीन विद्यार्थीले ल्याए ४ जीपीए

बुढानीलकण्ठका तीन विद्यार्थीले ल्याए ४ जीपीए

विराटनगर । विराटनगरस्थित बुढानीलकण्ठ स्कुलका तीन विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् । सोमबार सार्वजनिक नतिजाअनुसार विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको हो ।

विद्यालयका आयुष ढुंगाना, आयुषा ढुंगाना र सिरिष अधिकारीले ४ जीपीए ल्याएका हुन् । त्यसैगरी कृष्ण अग्रवाल र सेविका ढकालले समान ३.९६ जीपीए ल्याएर विद्यालयमा क्रमशः द्वितीय र तृतीय भएका छन् ।

परीक्षामा सहभागी कुल १०० विद्यार्थीमध्ये ६८ जनाले ३.६ देखि ४ जीपीए, २८ जनाले ३.२ देखि ३.६ र ४ जनाले २.८ देखि ३.२ जीपीए ल्याएको प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।

विगतका वर्षहरूमा झैं यसपटक पनि विद्यालयको नतिजा उत्साहजनक रहेको भट्टराईले बताए । ‘सधैं झैं यस वर्ष पनि हाम्रा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर विद्यालयको गरिमा बढाएका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।