विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विराटनगरस्थित सगरमाथा सेकेन्डरी स्कुलका चार विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । सोमबार राती सार्वजनिक नतिजाअनुसार विद्यालयका आस्था रौनियार, उत्सव थापा, इप्सिका चापागाईं र सुप्रिया सिंहले ४ जीपीए ल्याएका हुन् ।
परीक्षामा सहभागी कुल ९९ विद्यार्थीमध्ये ७२ जनाले ‘ए प्लस’, २५ जनाले ‘ए’ र २ जनाले ‘बी प्लस’ ग्रेड हासिल गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले विगतका वर्षहरूमा झैं यसपटक पनि विद्यालयको नतिजा शतप्रतिशत रहेको र विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘सधैं झैं यस वर्ष पनि हाम्रा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर विद्यालयको गरिमा बढाएका छन्, ’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।