विराटनगर । विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामना सहित बिदाई गरेको हो ।जसको प्राविधिक व्यावस्थापन सास्थम कलेज विराटनगरले गरेको थियो ।
कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार व्यवस्थापन संकाय र होटल म्यानेजमेन्टको ५५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै प्रिन्सिपल कार्कीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अरनिको आवसिय स्कुलका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर कलेज र सहरकै गरिमा बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रिन्सिफल कार्कीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै कलेजमा सिकेको ज्ञान र अनुशासनलाई परीक्षा हलमा उच्च मनोबलका साथ प्रस्तुत गर्न आग्रह गरे । उनले विद्यार्थीहरूको मेहनतले नै अरनिको आवासीय स्कुललाई देशकै उत्कृष्ट कलेजको रूपमा स्थापित गरेको बताए ।
बिदाइ कार्यक्रममा अरनिको आवशिय सेकेण्डरी स्कुलका प्लस टु कोर्डिनेटर सुशिल खनाल, सास्थम कलेजका क्याम्पस प्रमुख विनय विष्णु केसी, म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, लगायतको उपस्थिति रहेको थियो । उनीहरुले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए ।
लामो समयदेखि विराटनगरमा व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरनिको आवशिय सेकेण्डरी स्कुल यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।