लोड हुँदैछ...

मेनु

मोरङको सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद

मोरङको सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख भारतीय रुपैयाँ (भारु) बरामद गरेको छ।

सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका एसपी गेहेन्द्र भण्डारीका अनुसार आइतबार विशेष सूचनाका आधारमा खटिएको टोलीले उक्त परिमाणको भारु फेला पारेको हो।

सशस्त्र प्रहरीको टोलीले शङ्का लागेर चेकजाँच गर्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरू रकम भएको झोला फालेर पुनः भारततर्फै भागेका थिए। बरामद झोलाभित्र ५ सय र २ सय दरका भारतीय नोटहरू फेला परेका छन्।

बरामद गरिएको रकमबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकाय (राजस्व अनुसन्धान विभाग) मा बुझाइने एसपी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।