लोड हुँदैछ...

मेनु

पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको अध्यक्षमा धिताल निर्वाचित

पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको अध्यक्षमा धिताल निर्वाचित

विराटनगर — पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको अध्यक्षमा सन्तोषप्रसाद धिताल निर्वाचित भएका छन् । एसोसिएसनको १७औं साधारणसभा तथा १३औं अधिवेशनबाट धिताल आगामी कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।
आइतबार विराटनगरमा भएको निर्वाचनमा धितालले ६० मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार बिडलाले ४८ मत पाए । अध्यक्ष र द्वितीय उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने बाँकी पदहरूमा कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

द्वितीय उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा मनिष मारु ७१ मतका साथ विजयी भए । उनकी प्रतिस्पर्धी नीता शर्माले ३८ मत प्राप्त गरिन् ।

अधिवेशनले महेन्द्रकुमार अग्रवाललाई प्रथम उपाध्यक्ष, रुद्र कार्कीलाई महासचिव, राजकुमार तिम्सिनालाई सचिव, मिङमा शेर्पालाई सम्पर्क सचिव र ललितकुमार अग्रवाललाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
यस्तै, कार्यसमिति सदस्यहरूमा नन्दकुमार सरदार, विजय भगत, मुकेश सारडा, निर्झर श्रेष्ठ, सुशीलकुमार रौनियार, नितम कार्की, कृष्णकुमार अटल, चन्द्रशेखर सुवेदी, मिलन रौनियार र विजय साह चयन भएका छन् ।
साधारणसभाको उद्घाटन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।