विराटनगर । शुक्रबार बिहान कोशी प्रदेशका थोरै स्थान, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा भएको यिो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान तथा मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षारहिमपात साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यस्तै राति हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन’चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन ;चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।