लोड हुँदैछ...

मेनु

झापामा जंगली हात्तीको आतंक, दुई घरमा क्षति

झापामा जंगली हात्तीको आतंक, दुई घरमा क्षति

विराटनगर । झापाको मेचीनगर नगरपालिका–२ आदर्श टोलमा शनिबार बिहान जंगली हात्ती बस्तीमा पसेर दुई परिवारको भान्सा घरमा क्षति पुर्‍याएपछि स्थानीयवासी त्रसित बनेका छन्।

प्रहरीका अनुसार बिहान करिब ४ बजे बस्तीमा प्रवेश गरेको हात्तीले श्यामलाल अर्यालको ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घर पूर्णरूपमा भत्काएको छ। भान्साभित्र राखिएको धान र आलुसमेत नष्ट हुँदा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, सोही स्थानकी बबिता पुरीको भान्सा घरमा पनि हात्तीले क्षति पुर्‍याएको छ। उनको घरमा राखिएको चामल तथा अन्य खाद्यान्न नष्ट हुँदा करिब १४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।

दुवै घरको संरचना र खाद्यान्न गरी जम्मा ४४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटना पछि हात्ती जंगलतर्फ फर्किएको बताइएको छ।

पछिल्लो समय बस्ती नजिक हात्तीको आवतजावत बढ्दै गएको भन्दै स्थानीयवासीले त्रास बढेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायसँग सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।