लोड हुँदैछ...

मेनु

भन्सार छलेर ल्याएको अबैध सामान बरामद

भन्सार छलेर ल्याएको अबैध सामान बरामद

विराटनगर । सीमापार हुने चोरी–तस्करी नियन्त्रणलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बलले ३ लाख १८ हजार ६ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीको नं. ४ गण हेडक्वार्टर सुनसरीले सञ्चालन गरेको विशेष निगरानी र गस्ती अभियानका क्रममा भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएका लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनिगन्धा लगायतका वस्तु नियन्त्रणमा लिएको हो।

सीमावर्ती क्षेत्रहरूमा लुकिछिपी गरिने तस्करी गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानी कडा बनाएको जनाएको छ। सुनसरीका विभिन्न सीमाक्षेत्रमा परिचालित टोलीले शंकास्पद गतिविधि नियन्त्रण गर्ने क्रममा ती सामग्री फेला पारेको हो।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि सोमबार सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले जानकारी दिए। सशस्त्र प्रहरीले सीमाक्षेत्रमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी अझ सुदृढ बनाउने र यस्ता अवैध गतिविधिविरुद्ध कडाइका साथ प्रस्तुत हुने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।