विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजनाले नहर क्षेत्रको अतिक्रमण तथा प्रदूषण नियन्त्रण गर्न कडा कदम चाल्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
आयोजनाका अनुसार चतरा मूल नहर, दुहबी–सुनसरी सबमाइनर तथा विभिन्न शाखा र माइनर नहर आसपासका क्षेत्रमा घरटहरा निर्माण गरी अतिक्रमण गरिएको पाइएको छ।
नहरमा फोहोर तथा दूषित पानी मिसाउने क्रम बढ्दै जाँदा सिंचाइ प्रणालीमा प्रत्यक्ष असर परेको जनाइएको छ। सूचनामा अतिक्रमित संरचना सम्बन्धित व्यक्तिले प्रकाशन मितिले ३५ दिनभित्र आफैं हटाउनुपर्ने उल्लेख छ। तोकिएको समयभित्र नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने र आयोजनाले नै हटाउने चेतावनी दिइएको छ।
सडक विस्तार र फुटपाथ खाली गराउन देशभर डोजर चलिरहेको बेला नहरमा पनि डोजर चलाउने तयारी भएको हो । नहर क्षेत्रमा फोहोर फाल्ने तथा दूषित पानी मिसाउने कार्य पनि तत्काल रोक्न आयोजनाले आग्रह गरेको छ। अटेर गरे कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ।
आयोजनाले टेढुबगैंचा क्षेत्रसहित विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आएका बस्तीहरूलाई समेत तोकिएको अवधिभित्र स्थान खाली गर्न निर्देशन दिएको छ। उक्त सूचना २०८२ चैत २४ गते जारी गरिएको हो।ं




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।