विराटनगर । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागीमा परेर एक वृद्धसहित दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएकी छन् । आज बिहान करिब ३ बजेको समयमा भएको आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।
आगलागीमा परेर अस्मिता खड्का घाइते भएको प्रहरीले जनाएको छ । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ ।
सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन खड्का खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको छ । विद्युत् सर्ट भएर आगो लागेको आशंका गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।