विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् ।
यसैगरी रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ । जसमा तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी मञ्चमा मनोनीत भएका छन् ।
यसअघि उज्यालो पार्टीबाट आएका र पछि फेरि कुलमान घिसिले पार्टी छाडेपछि रास्वपामै बसेका सदस्यहरूलाई पनि यो मञ्चमा राखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।