लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते निर्वाचन हुने, यस्तो छ कार्यतालिका

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते निर्वाचन हुने, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ११ गते शुक्रबार निर्वाचन हुने भएको छ । निर्वाचन सम्पन्न गर्न गठित समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै चुनावी प्रक्रियाबारे जानकारी दिएको हो ।

दलको नेता चयन गर्नका लागि कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली ुस्नेहीुको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको थियो । सोही समितिले सोमबार बैठक बसी निर्वाचनको मिति र समय तय गरेको हो ।

प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्ता र आवश्यक प्रक्रिया पूरा गरेपछि सोही दिन अपराह्न मतदान हुनेछ ।

समितिका अनुसार वैशाख ११ गते दिउँसो ४ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र सोही दिन ढिलो नगरी नतिजा सार्वजनिक गर्ने समितिको तयारी छ ।

नेपाली कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने भन्ने विषयलाई चासोका साथ हेरिएको छ । कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्र चुनावी सरगर्मी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।