लोड हुँदैछ...

मेनु

मूल्यवृद्धिविरुद्ध निगममा ज्ञापन पत्र बुझाउन पनि प्रहरीको अवरोध

मूल्यवृद्धिविरुद्ध निगममा ज्ञापन पत्र बुझाउन पनि प्रहरीको अवरोध

काठमाडौं — पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय (जेन–जी) नागरिक अभियान ले नेपाल आयल निगम नजिकै प्रदर्शन गरेको छ।

सोमबार बबरमहल स्थित निगम परिसरमा धर्ना दिन तथा ज्ञापन पत्र बुझाउन पुगेका अभियानका युवाहरूलाई प्रहरीले पदाधिकारी व्यस्त भएको प्रवेशमै रोक्दै हटाएको थियो ।

ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरूले निगम बाहिरै विरोध प्रदर्शन गरेका थिए। प्रहरीले परिसरबाट बाहिर निकालेपछि युवाहरूले ‘प्रहरी दमन मुर्दावाद’ र ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ लगायतका नाराबाजी गर्दै आन्दोलन गरेका थिए।

अभियानका सह–संयोजक अजय सोडारीले आफूहरू समन्वय गरेर नै ज्ञापन–पत्र बुझाउन पुगे पनि प्रहरीले हस्तक्षेप गरेको बताए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको जीवनमा व्यापक असर परेको उल्लेख गर्दै सरकार यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे।

सोडारीले छिमेकी देशहरूमा मूल्य स्थिर रहँदा नेपालमा अत्यधिक वृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।