उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा दुई छिमेकी बिचको विवादका कारण एक व्यक्तिको हत्या भएको छ । सामान्य विवादले उग्र रूप लिँदा आइतबार राति स्थानीय सीतापाइला टोलमा उक्त घटना भएको हो ।
छिमेकीहरु ७३ वर्षे रामप्रसाद राई र ६४ वर्षे माहाशेर राई बीच विवाद भइरहेको बेलामा रामप्रसादले अचानक माहाशेरमाथि खुकुरी प्रहार गरेका थिए ।
प्रहरीका अनुसार विवादका क्रममा आवेगमा आएर रामप्रसादले माहाशेरमाथि प्रहार गरेको धारिलो हतियार माहाशेरको छातीको दायाँ पट्टिको माथिल्लो भागमा लागेको थियो । छातीमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर, अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हत्यामा संलग्न राम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।