विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले जिल्ला अधिवेशन सुरु गर्ने उक्त निर्णय गरेको हो ।
यसैबीच, पार्टीका महत्त्वपूर्ण साङ्गठनिक र नीतिगत विषयमा निर्णय लिन रास्वपाले वैशाख ७ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रीय समितिका रिक्त पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा र पार्टी विधान संशोधनको विषयलाई प्रमुख एजेन्डा बनाइएको छ ।
बैठकको प्रस्तावित कार्यसूचीमा आगामी निर्वाचन लक्षित स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान गर्ने तथा प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने व्यवस्थाका लागि पहल गर्ने लगायतका महत्त्वपूर्ण विषय समावेश छन् ।
यसका साथै, बैठकमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, संसदीय दलको विधान संशोधन, विषयगत विभागको योजना तयारी र सचिवालयले यसअघि गरेका निर्णयहरूको अनुमोदनसमेत गरिने पार्टीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।