लोड हुँदैछ...

मेनु

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमा हेरफेर गर्न मन्त्रालयले माग्यो प्रदेश सरकारलाई सुझाव

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमा हेरफेर गर्न मन्त्रालयले माग्यो प्रदेश सरकारलाई सुझाव

विराटनगर । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सिमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख ३ गते सबै प्रदेश सरकार, जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो । 

त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिदै सहजिकरणको लागि आग्रह गरेको छ । मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ ।

सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।