विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पीबी २२४१ नम्बरको भारतीय स्कार्पियो गाडी जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबू राईका अनुसार गाडीको सिटमुनि ‘फल्स बटम’ बनाई लुकाएर गाँजा ओसारपसार गरिएको थियो।
घटनामा संलग्न भारतको बिहार राज्य, सुपौल जिल्लाका २२ वर्षीय सुबोध कुमार (चालक), २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेरलाई गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।