लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेसले बोलायो सातै प्रदेशका मुख्यमन्त्री र संसदीय दलका नेताहरूको बैठक

नेपाली कांग्रेसले बोलायो सातै प्रदेशका मुख्यमन्त्री र संसदीय दलका नेताहरूको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सातै प्रदेशका संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको विशेष बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार आगामी वैशाख ६ गतेका लागि यो बैठक बोलाइएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले वैशाख ६ गते बैठक बस्ने तय भए पनि समय भने अझै टुंगो नलागेको जानकारी दिए । बिहीबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले गरेको निर्णयअनुसार यो बैठक बोलाइएको हो ।

बिहीबारको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने महत्त्वपूर्ण जिम्मेवारी तोकेको थियो । सोही जिम्मेवारीअनुसार उपसभापति शर्माले अब प्रदेश सरकार र स्थानीय तहका गतिविधिहरूलाई पार्टीको नीति र योजनासँग जोड्न नेतृत्व गर्नेछन् ।

बैठकमा पछिल्लो समय गण्डकी प्रदेश सरकारमा भएको मन्त्रीहरूको हेरफेर र परिवर्तनका विषयमा पनि गम्भीर छलफल भएको थियो । प्रदेश सरकारका कामकारबाही र पार्टीको भूमिकालाई लिएर देखिएका असमझदारी वा रणनीतिक परिवर्तनका बारेमा वैशाख ६ गतेको बैठकमा थप विस्तृत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।