काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई रिहा गर्न आदेश दिएको हो।
अदालतले उनलाई विदेश जानुअघि भने अनुमति लिनुपर्ने सर्तसमेत राखेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका दिपक खड्काका पक्षमा उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमा खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै रिहा गर्न माग गरिएको थियो।
अदालतले रिट निवेदनअनुसार नै आदेश जारी गर्दै खड्कालाई थुनामुक्त गर्न निर्देशन दिएको हो। खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो ।
सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ । खड्काको रिटमा सर्वोच्च्ले बुधबार (वैशाख २) ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।