लोड हुँदैछ...

मेनु

इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा रिहा

इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा रिहा

काठमाडौं । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनलाई बुधबार इरानले रिहा गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्।

झा रिहा भएको विषयमा उनका परिवारलाई पनि सरकारी निकायमार्फत जानकारी गराइएको छ। झाको घर उदयपुरको गाईघाट हो।

झाका भिनाजु राजेश झाले सरकारी अधिकारीबाट केहीबेरअघि उनी रिहा भएको सूचना प्राप्त भएको बताएका छन्। इजरायल–अमेरिका र इरानबीच तनाव बढ्नुअघि इन्धन लिन इरान पुगेका झा दुबई फर्किने क्रममा नियन्त्रणमा परेका थिए। उनी दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत थिए।

झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको जिम्मेवारी सम्हालिरहेका थिए। उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।