लोड हुँदैछ...

मेनु

महेन्द्र राजमार्गको नाम ‘यलम्बर राजमार्ग’ राख्न हर्क साम्पाङको प्रस्ताव

महेन्द्र राजमार्गको नाम ‘यलम्बर राजमार्ग’ राख्न हर्क साम्पाङको प्रस्ताव

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम ‘महेन्द्र राजमार्ग’ को सट्टा ‘यलम्बर राजमार्ग राख्न प्रस्ताव गरेका छन् । सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’ मा उक्त सडकखण्डलाई पुनः महेन्द्र राजमार्गकै नामले सम्बोधन गरेपछि साम्पाङले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारको प्रतिबद्धता पत्रमा महेन्द्र राजमार्गलाई आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय राजमार्गको मापदण्डमा स्तरोन्नति गरिसक्ने लक्ष्य राखिएको छ । सरकारी दस्तावेजमा पुरानै नाम प्रयोग भएपछि सामाजिक सञ्जालमा पूर्व–पश्चिम लोकमार्गलाई ‘महेन्द्र राजमार्ग’ कै रूपमा ब्युँताउन लागिएको भन्दै बहस सुरु भएको छ ।

यसै सन्दर्भमा आफ्नो धारणा राख्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो १’ उनले किरात राजा यलम्बरको नामबाट राजमार्गको नामकरण हुनुपर्ने आशय व्यक्त गरेका हुन् ।

वि.सं. २०१८ सालमा निर्माण सुरु भएको यो राजमार्गको शिलान्यास तत्कालीन राजा महेन्द्रले गरेका थिए र उनकै नामबाट यसको नामकरण गरिएको थियो । तर, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै यसको नाम परिवर्तन गरी ‘पूर्व–पश्चिम लोकमार्ग’ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।