विराटनगर । विराटनगरस्थित बिग होटलमा चर्चित गायिका इन्द्रकला राईले आफ्नो विशेष सांगीतिक प्रस्तुति दिएकी छिन्। नयाँ वर्षको अवसर पारेर होटलले सोमबार राति ‘सांगीतिक साँझ’ कार्यक्रमको आयोजना गरेको थियो।
उक्त सांगीतिक कार्यक्रममा गायिका राईले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्। उनले आफ्नो लोकप्रिय गीत ‘ऊफ मार्यो नि मायाले’ गाउँदा हलमा उपस्थित दर्शकहरू निकै उत्साहित देखिएका थिए। गायिका राईको सांगीतिक तालमा झुमेका संगीतप्रेमी दर्शकहरूले उनलाई गायनमा साथ दिँदै छमछमी नाचेका थिए।
कार्यक्रममा गायिका राईका साथै स्थानीय ब्यान्डको पनि सांगीतिक प्रस्तुति रहेको थियो। बिग होटलले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नयाँ वर्षको अवसरमा विशेष सांगीतिक कार्यक्रमको परम्परालाई निरन्तरता दिएको हो। बिग होटल आठौं वर्षमा पुगेको छ । सोही अवसरमा होटलले कर्मचारीहरुलाई सम्मान पनि गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।