लोड हुँदैछ...

मेनु

भन्सार छलीको सामानसहित दुई अटो नियन्त्रणमा

भन्सार छलीको सामानसहित दुई अटो नियन्त्रणमा

विराटनगर । भन्सार छलेर भित्र्याइएको अवैध कपडा तथा अन्य सामग्रीसहित दुईवटा अटो टेम्पो मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले विराटनगर महानगरपालिका–६ क्षेत्रमा जाँच गर्ने क्रममा को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका अटो नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा करिब ३ लाख रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा कुर्ता–सुरुवाल, सल सेट, कुर्ता–टप, कुर्ता, पुरुष हाफ भेष्ट, लेडिज कर्ट सेट, पर्ता, सुरुवाल, तुनावाला हाफ कुर्ती, महिलाका मेक्सी लगायत रहेका छन्। यस्तै, तीन बोरामा करिब सय केजी हरियो मोटर दाना पनि फेला परेको छ।

आइतबार दिउँसो र राति ती सामान प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी प्रवक्ता लिलाराज लामिछानेका अनुसार बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

बरामद गरिएको सामानमा कुर्ता सुरुवाल सल सेट ४४४ थान, कुर्ता–टप ३९ थान, कुर्ता २८५ पिस, हरियो मोटर दाना ३ बोरामा सयकेजी, पुरुष हाफ भेष्ट ९४ पिस, लेडिज कर्ट सेट १७५ पिस, लेडिज पर्ता ४० पिस, लेडिज सुरुवाल १०८ पिस, तुनावाला हाफ कुर्ती ६६ पिस र महिलाको मेक्सी ४० पिस छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।