भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१३ रेवा क्षेत्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार षडानन्द नगरपालिका–१३ मुखियाटोल घर भई विगत १२–१३ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका २४ वर्षीय सम्मरबहादुर तामाङमाथि मंगलबार राति करिब ९ बजे कुटपिट भएको हो।
उनीमाथि षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले घरमै पुगेर निर्घात कुटपिट गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका चारै जनालाई खोजी गर्ने क्रममा बुधबार बिहान करिब ४ः३० बजे घरबाटै पक्राउ गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरी चौकी बोयामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।