लोड हुँदैछ...

मेनु

दुई दिनमा तोलाको १४ हजारले बढ्यो सुन, चाँदी पनि महँगियो

दुई दिनमा तोलाको १४ हजारले बढ्यो सुन, चाँदी पनि महँगियो

विराटनगर । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ उल्लेख्य रूपमा बढेको छ।

लगातार दोस्रो दिन वृद्धि हुँदा दुई दिनमै सुनको मूल्य तोलामा १४ हजार एक सय रुपैयाँले उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। मंगलबार ६ हजार ७ सय रुपैयाँ र बुधबार थप ७ हजार ४ सय रुपैयाँ बढ्दा समग्रमा दुई दिनमै ठूलो उछाल देखिएको हो।

चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च अवस्थामा रहेको छ। हाल सुन प्रतिऔंस ४ हजार ६ सय ८० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा पनि परेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।