विराटनगर । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण देशको मौसममा परिवर्तन देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ ।
यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।