लोड हुँदैछ...

मेनु

ओली र लेखकलाई १० दिन थुनामा राख्न सरकारी वकिलको माग

ओली र लेखकलाई १० दिन थुनामा राख्न सरकारी वकिलको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउने अनुमतिको लागि सरकारी वकिलले माग गरेका छन्।

जिल्ला अदालत काठमाडौंमा जारी बहसमा सरकारी वकिलले जरुरी पक्राउ पुर्जीको समर्थन गर्दै १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने मागसहित निवेदन दर्ता गराएका हुन्।

ओली र लेखक पक्षका कानुन व्यवसायीहरूले भने थुनामा राख्न आवश्यक नरहेको जिकिर गर्दै जवाफी बहस गरिरहेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनामा उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको हो। सो समयमा ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्री रहेका थिए।

घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उनीहरूलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार बिहान दुवै जनालाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।