काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिन शोभा पाठक आज सरकारी वकिलको कार्यालय पुगेकि छिन् ।
लामो समयदेखि बस्नेतमाथि गम्भीर आरोप लगाउँदै आएकि पाठक आइतबार बिहान माइतीघरस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेकि हुन् । बस्नेतले आफूमाथि बलात्कार गरेको दाबी गर्दै कानुनी कारबाहीको मागसहित उजुरी दर्ता गर्ने प्रक्रिया अघि उनले बढाएयिक हुन् ।
पाठकले यसअघि पनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई पीडा दिएको भन्दै न्यायका लागि आवाज उठाउँदै आएकि थिइन् । आज सरकारी वकिलको कार्यालयमा उपस्थित भएसँगै यो प्रकरणले औपचारिक कानुनी प्रक्रियाको मोड लिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।