लोड हुँदैछ...

मेनु

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टरमा पाँच जना सवार

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टरमा पाँच जना सवार

काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । रसुवाको लाङटाङ क्षेत्रमा गएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए । यात्रुहरुको अवस्था भने अझै अज्ञात रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हेलिकप्टर खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।