लोड हुँदैछ...

मेनु

प्रमुख सचेतकले सुविधा नपाउने भएपछि हर्क साम्पाङको आक्रोश

प्रमुख सचेतकले सुविधा नपाउने भएपछि हर्क साम्पाङको आक्रोश

धरान । प्रतिनिधि सभामा १० सिट नपुर्‍याएका दलले प्रमुख सचेतकको सेवा–सुविधा नपाउने भएपछि श्रम संस्कृति पार्टीले हर्कराज राई साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्।

श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका साम्पाङले फेसबुकमा स्ट्याटस लेख्दै मन्त्रीहरूले पनि सेवा–सुविधा र सुरक्षाकर्मी नलिनुपर्ने टिप्पणी गरेका हुन्।

सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधि सभामा १० भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतकको सुविधा पाउने व्यवस्था छ। यही व्यवस्थाका कारण प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त सुविधा नपाउने भएका हुन्।

ऐनको दफा २ (ञ) मा ‘दश जना भन्दा बढी सदस्य भएको दलको नेताले तोकेको सदस्य मात्र प्रमुख सचेतक मानिने’ व्यवस्था उल्लेख छ। दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’ ऐनको दफा २ को (ञ) मा लेखिएको छ ।

यो प्रावधानप्रति असन्तुष्टि जनाउँदै साम्पाङले ‘राष्ट्रिय पार्टीलाई कुनै सुविधा नदिने हो भने मन्त्रीहरूले पनि सुविधा नलिनु, सुरक्षाकर्मी पनि नलिनु, आफैं हिँड्नु’ भन्ने टिप्पणी गरेका छन्। ऐन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले मात्र प्रमुख सचेतकको सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds