लोड हुँदैछ...

मेनु

बालिकामाथि जबरजस्ती करणीको आरोपमा पाँच जना पक्राउ

बालिकामाथि जबरजस्ती करणीको आरोपमा पाँच जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका निवासी बालिकालाई साउन ३ गते बिहान करिब ९ बजे रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले ललाइफकाई विभिन्न प्रलोभनमा पारी रंगेली–७ स्थित युमी क्याफेमा लगेका थिए। त्यहाँ उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।

त्यसपछि क्याफे सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमनकुमार साहले समेत बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, साउन ४ गते राति करिब ९ बजे रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डलले बालिकालाई रंगेली–७ स्थित संसारी मन्दिरनजिक रहेको ‘द ९०स् क्याफे’मा लगेको र त्यहाँ प्रियान्सु साह तथा रितिक यादवसँग मिलेर सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले साउन १० गते अपराह्न ४ः१० बजे पाँचै जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोहम्मद अरमान, सुमनकुमार साह, करण मण्डल, प्रियान्सु साह र रितिक यादव छन्।n प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds