लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्यमा पहिरो : दुई दिनमै सुन प्रतितोला १९ हजारले घट्यो

सुनचाँदीको मूल्यमा पहिरो : दुई दिनमै सुन प्रतितोला १९ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । अघिल्लो दिन ऐतिहासिक गिरावट आएको सुनको मूल्यमा आज पुनः ठूलो गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा थप ६ हजार ५०० रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि अघिल्लो दिन मात्रै सुनको मूल्य एकैदिन १२ हजार ५०० रुपैयाँले घटेको थियो । दुई दिनको अवधिमा मात्रै सुनको भाउ प्रतितोला १९ हजार रुपैयाँले घटिसकेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घट्दै ४ हजार ४४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उत्तारचढावका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूको भनाइ छ । केही समयअघि लगातार बढेर नयाँ उचाइ कायम गरेको सुनको मूल्यमा अहिले देखिएको यो गिरावटलाई सर्वसाधारण र लगानीकर्ताहरूले निकै चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।