लोड हुँदैछ...

मेनु

नेपाली सेनाद्वारा दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

नेपाली सेनाद्वारा दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

संखुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित नेपाली सेनाको इन्द्रदल गुल्मले दुर्गम उत्तरी क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

भोटखोला गाउँपालिका–२ च्याम्ताङस्थित अरुणोदय कर्मा ज्यामु आधारभूत विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीलाई कपी, कलमलगायत स्टेशनरी सामग्री हस्तान्तरण गरिएको गुल्मले जनाएको छ।

इन्द्रदल गुल्मका गुल्मपति सेनानी नवराज बस्नेतका अनुसार दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका विद्यार्थीहरूको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले सहयोग गरिएको हो। सैनिक–नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै दुर्गम क्षेत्रका विद्यार्थीलाई सहयोग गरिएको उनले बताए। निर्वाचनपश्चात् उत्तरी छिमेकी चीन सँग जोडिएका सीमा स्तम्भहरूको निरीक्षण गरी फर्कने क्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री वितरण गरिएको जनाइएको छ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको किमाथाङ्का स्थित बीओपी टोलीसँग समन्वय गर्दै समय–समयमा सीमा स्तम्भहरूको निरीक्षण गर्दै आएको छ। जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।