लोड हुँदैछ...

मेनु

धनकुटामा पहिरोपछि अवरुद्ध सडक पुनः सञ्चालन

धनकुटामा पहिरोपछि अवरुद्ध सडक पुनः सञ्चालन

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा पहिरोका कारण अवरुद्ध भएको सडक आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।

शनिबार अपराह्न करिब साढे ४ बजे अविरल वर्षापछि सडकमाथिबाट पहिरो खस्दा उक्त सडक पूर्णरूपमा बन्द भएको थियो।

पहिरो पन्छाएपछि आइतबारदेखि आवागमन सुचारु गरिएको हो। तर, सो क्षेत्रमा अझै पनि पहिरो खस्ने जोखिम कायम रहेकाले स्थानीय प्रशासनले उक्त सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।