लोड हुँदैछ...

मेनु

बुढीगंगाको ऋषिदेव टोलमा राहत बोकेर पुगे विराटनगरका युवा

बुढीगंगाको ऋषिदेव टोलमा राहत बोकेर पुगे विराटनगरका युवा

बुढीगंगा । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ३, गोकुवास्थित ऋषिदेव टोलमा केही दिनअघि भएको भीषण आगलागीबाट १२ वटा घर पूर्ण रूपमा नष्ट भएका छन्। यस दुःखद घडीमा घरबारविहीन भएका परिवारहरूलाई राहत र सहयोग पुर्‍याउन विराटनगर महानगरपालिकाका युवाहरू सक्रिय भएका छन्।

विराटनगर महानगरपालिका वडा नं. ६ र ९ का युवाहरूको समूहले एकीकृत रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। रास्वपा विराटनगर–६ का सभापति अनिकेत मण्डल र वडा नं. ९ का चन्दन साहको नेतृत्वमा खटिएका युवा टोलीहरूले प्रभावित परिवारको पीडामा मलम लगाउने प्रयास गरेका हुन्।

सहयोग अभियानमा जुटेका युवाहरूले यो कार्य कुनै राजनीतिक प्रचारका लागि नभई विशुद्ध मानवीय सेवा र समाजमा सहकार्यको भावना जागृत गराउनका लागि गरिएको बताएका छन्।

आगलागीका कारण सबै जायजेथा गुमाएर खुला आकाशमुनि बस्न बाध्य भएका ऋषिदेव समुदायलाई स्थानीय सरकार र अन्य संघसंस्थाहरूबाट पनि थप सहयोगको खाँचो रहेको बताइएको छ। विराटनगरका युवाहरूको यो सक्रियताले समाजमा एकता र मानवताको सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।