लोड हुँदैछ...

मेनु

धनकुटामा पहिरोले सडक अवरुद्ध, मिनी ट्रक बीचमै फस्यो

धनकुटामा पहिरोले सडक अवरुद्ध, मिनी ट्रक बीचमै फस्यो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार अपराह्न करिब ४:३० बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा दुवैतर्फ आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

पहिरोका कारण भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक बीचमै फसेको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का २२ वर्षीय चालक योगेश गौतमले चलाएको उक्त खाली ट्रक पहिरोमा अड्किएको हो। चालक सकुशल रहेको र ट्रकमा हालसम्म क्षति नपुगेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको छ। पहिरो पन्छाउँदै सवारी साधन हटाउने प्रयास भइरहेको छ।

निरन्तर पहिरो खस्ने जोखिम रहेकाले उक्त सडक खण्डमा यात्रा नगर्न र सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।