लोड हुँदैछ...

मेनु

साताको पहिलो दिन नेप्से ४.४५ अंकले बढ्यो

साताको पहिलो दिन नेप्से ४.४५ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सामान्य अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ ०.४१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले वृद्धि भएको छ।

परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सोलु हाइड्रोपावर र सालपा विकास बैंक को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै होटल फरेष्ट इन को शेयर मूल्य करिब १० प्रतिशत र ग्रीनलाइफ हाइड्रोपावर को करिब साढे ९ प्रतिशतले बढेको छ।

यता दरमखोला हाइड्रो इनर्जी को शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा भने घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहँदा सो कम्पनीको ८१ करोड १ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनी को करिब ६८ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनी को साढे ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। यस दिन व्यापार उपसमूह सर्वाधिक २.८३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूह भने सामान्य घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।