लोड हुँदैछ...

मेनु

सङ्खुवासभाका ९ वटा केन्द्रका मतपेटिका अझै सदरमुकाम आइपुगेनन्

सङ्खुवासभाका ९ वटा केन्द्रका मतपेटिका अझै सदरमुकाम आइपुगेनन्

सङ्खुवासभा । प्रसङ्खुवासभाका सबै क्षेत्रका मतपेटिकाहरू अझै सदरमुकाम आइपुग्न सकेका छैनन्। विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलनमा ढिलाइ भएको हो।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही दुर्गम क्षेत्रका मतपेटिकाहरू आज ९शुक्रबार० दिउँसोसम्म पनि सदरमुकाम आइपुगेका छैनन्। ती क्षेत्रहरूबाट मतपेटिका ल्याउने कार्य जारी रहेको प्रशासनले जनाएको छ।

ूजिल्लाका कूल ९ वटा मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी छ,‘ प्रजिअ थपलियाले भनिन ‘जसमध्ये ५ वटा केन्द्रबाट हेलिकोप्टरमार्फत र ४ वटा केन्द्रबाट गाडीमार्फत मतपेटिका ल्याउने व्यवस्था मिलाइएको छ।’ गाडीमा ल्याइँदै गरेका मतपेटिकाहरू आजै साँझसम्म सदरमुकाम आइपुग्ने अपेक्षा उनले बताइन् ।

दुर्गम क्षेत्रका ५ केन्द्रका मतपेटिका ल्याउन हेलिकोप्टर भने आइपुगिसकेको छ। यद्यपि, उडान र ढुवानी कार्य मौसममा भर पर्ने प्रजिअ थपलियाले बताइन् । ‘हेलिकोप्टर आइसकेको छ, अब मौसमले कतिको साथ दिन्छ भन्नेमा भर पर्छ’, उनले भनिन ‘यदि मौसम अनुकूल रहेर साँझसम्म सबै मतपेटिका ल्याउन सकियो भने हामी आजैबाट मतगणना सुरु गर्ने तयारीमा छौँ।’

सबै मतपेटिका सङ्कलन नभएका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको कार्यतालिका तय गर्न सकेको छैन। दुर्गम र सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङका मतदान केन्द्रहरूबाट पैदल मार्ग हुँदै सडकसम्म ल्याउन समय लागेकाले सङ्कलनमा केही ढिलाइ भएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।