लोड हुँदैछ...

मेनु

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको महासंघले जनाएको छ।

नेपाली बजारमा सुनको मूल्यले यसअघि माघ १५ गते नयाँ रेकर्ड कायम गरेको थियो। उक्त दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। सोही ऐतिहासिक उचाइबाट अहिले सुनको मूल्य ओरालो लाग्ने क्रममा रहेको छ।

सुनसँगै बुधबार चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। चाँदीको भाउ तोलामा २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्दै गएको र लगानीकर्ताहरू अन्य क्षेत्रमा आकर्षित भएका कारण सुनचाँदीको मूल्य प्रभावित भएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds