खोटाङ । निर्वाचन आयोग नेपालको कार्यतालिकाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा खोटाङमा मतगणना स्थल तयारी गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला अदालत परिसरभित्र मतगणनाका लागि आवश्यक संरचना र सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ।
जिल्ला अदालतका तीन कोठामध्ये एक कोठा मतपेटिका भण्डारणका लागि छुट्याइएको छ भने बाँकी दुई कोठामा मतगणना हुने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए। मतगणना कक्षमा तारजालीको बार लगाई सुरक्षित पार्टेसन गरिएको छ।
कर्मचारी आवतजावतका लागि छुट्टै ढोका समेत निर्माण गरिएको छ। कार्यालयका अनुसार फागुन २१ गते मतदान सम्पन्न भएपछि साँझदेखि मतपेटिका मतगणना स्थलमा ल्याइनेछ। सर्वदलीय सहमतिपछि मतगणना प्रक्रिया सुरु गरिने जनाइएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता रहेका छन्। उक्त क्षेत्रमा एक सिटका लागि १३ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार गरी १५ जना प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।