धनकुटा । धनकुटाको फलामेटारमा ट्रक पल्टिएपछि भएको आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावर आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति चौबिसे गाउँपालिका ४ स्थित फलामेटारमा पल्टिएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।