लोड हुँदैछ...

मेनु

कोशीमा आंशिक बादल, देशभर वर्षाको सम्भावना

कोशीमा आंशिक बादल, देशभर वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशको तराई भूभागमा आज आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विराटनगरसहित कोशी प्रदेशका तराईका थोरै स्थानमा आज मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग (कोशी क्षेत्र) मा सरदर स्थानको आसपासमा रहेकाले यस क्षेत्रमा अन्य प्रदेशको तुलनामा वर्षाको प्रभाव केही कम देखिएको हो। यद्यपि, कोशीको पहाडी भूभागका धेरै स्थानमा भने आज दिउँसो चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

देशभरको अवस्था हेर्दा आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाडी भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली रहने र थोरै स्थानमा वर्षा हुने पूर्वानुमान छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने राति पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds