लोड हुँदैछ...

मेनु

औषधी व्यवसायी संघ मोरङले मनायो होली

औषधी व्यवसायी संघ मोरङले मनायो होली

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले रङहरूको पर्व होली सोमबार एक विशेष कार्यक्रमका बीच मनाएको छ विराटनगरस्थित संघको आफ्नै भवनमा आयोजित कार्यक्रममा व्यवसायीहरूले एकापसमा रङ र अबिर दलेर खुसीयाली साटासाट गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदिप कुमार दासले होली पर्वले समाजमा भाइचारा र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता सांस्कृतिक पर्वहरूले पेशागत एकतालाई पनि थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संघले हरेक वर्ष होली पर्वलाई उत्सवको रूपमा मनाउँदै आएको जानकारी दिए । उनले रङहरूको यो पर्वले समाजमा विद्यमान विभेदलाई मेटाएर सद्भाव र भाइचारा बढाउन ठूलो मद्दत पुग्ने बताए ।

संघका महासचिव अरुण ब्राह्मण ठाकुरले सञ्चालन गरेका उक्त कार्यक्रममा संघका कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले, संघका विभिन्न पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा साधारण सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले होलीको शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ पर्व मनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।