लोड हुँदैछ...

मेनु

झापा–५ का उम्मेदवार तामाङ र यसकुमारको म्युजिक भिडियो सार्वजनिक

झापा–५ का उम्मेदवार तामाङ र यसकुमारको म्युजिक भिडियो सार्वजनिक

दमक। झापा क्षेत्र नं.५ क लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङको शब्द र अभिनय रहेको म्युजिक भिडियो ‘छाडेर जान्न! सार्वजनिक भएको छ।

चर्चित गायक यशकुमारको संगीत र आवाज रहेको गीत तथा भिडियो एकैसाथ सार्वजनिक भएको हो।

‘झुकेर खान्न, छोडेर जान्न, गर्छु यो प्रण’ बोलको गीतले देशभक्ति र राष्ट्रप्रेमलाई समेटेको छ। बुढासुब्बा म्युजिक च्यानलबाट गीत सार्वजनिक गर्दै तामाङले भनेका छन्, ‘यो गीत मेरो भावना, अनुभव र समाजप्रतिको जिम्मेवारीको प्रतिबिम्ब हो।’

निरभिका टुहुरेद्वारा निर्देशित म्युजिक भिडियोको बुढासुब्बा म्युजिक च्यानलबाट सार्वजनिक गरिएको छ। आसन्न निर्वाचनमा झापा (५ मा केपी ओली र वालेन्द्र साहसंग प्रतिस्पर्धा गरिरहेका युवा नेता तामाङले यसअघि पनि आफ्नो शब्दमा देशप्रेम र युवा जागरणका गीत रेकर्ड गराएका छन्।

म्युजिक भिडियोमा चुनावी अभियानकै विचमा तामाङ आफैंले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।